स्याङ्जा |
सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र युनाइटेड रेफरेन्स ल्याबोरेटरी (URL), न्युरोड पोखराबीच सहकारीका शेयर सदस्यलाई स्वास्थ्य परीक्षणमा छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ ।
मङ्गलबार आयोजित एक कार्यक्रमबीच सामुदायिक साकोसका व्यवस्थापक शिव वाग्ले र युनाइटेड रेफरेन्स ल्याबोरेटरीका अध्यक्ष ठाकुरप्रसाद पन्तले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका शेयर सदस्यहरूले युनाइटेड रेफरेन्स ल्याबोरेटरी (URL) मा स्वास्थ्य परीक्षण गराउँदा सहकारीले जारी गरेको परिचयपत्र, पासबुक वा शेयर प्रमाणपत्रका आधारमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
युनाइटेड रेफरेन्स ल्याबोरेटरीका स्याङ्जाको पुतलीबजारसहित गण्डकी प्रदेशका विभिन्न स्थानमा २४ वटा शाखा सञ्चालनमा रहेका छन् । सम्झौताबाट सहकारीका सदस्यहरूलाई स्वास्थ्य परीक्षण सेवा सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।
कार्यक्रममा कोअपरेटिभ म्यानेजर्स क्लब (CMC) स्याङ्जाका अध्यक्षसमेत रहनुभएका संस्थाका व्यवस्थापक शिव वाग्ले, लेखा सुपरिवेक्षण समितिका संयोजक चिन्तामणी रेग्मी तथा युनाइटेड रेफरेन्स ल्याबोरेटरीका लेखा अधिकृत सचिन अधिकारीको उपस्थिति रहेको थियो ।
सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरूलाई सम्झौताअनुसार उपलब्ध हुने स्वास्थ्य परीक्षण सुविधाको लाभ लिन आग्रह गरेको छ ।
















प्रतिक्रिया लेख्नुहोस्:-