कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
बिरुवा खबर
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सफल पोखरा म्याराथन: भूपू मञ्च र पर्यटन व्यवसायी बिच अन्तरक्रिया सम्पन्न

पोखरा म्याराथनले पोखराको सन्देश दिनुपर्छ: प्रदिप पौडेल

बिरुवा खबर बिरुवा खबर
खेलकुद
February 2, 2024
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारीका लागि पर्यटन व्यवसायीहरुसँग अन्तरक्रियासँगै सुझाव संकलन गर्ने काम भएको छ । मञ्चको आयोजनामा फागुन पाँच गते पोखरामा आयोजना हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका लागि बिहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । सो क्रममा बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष पोम नारायण श्रेष्ठले म्याराथनलाई पर्यटकीय क्षेत्र लेकसाइडमा समापन गर्ने योजनाको स्वागत गर्दै आभार व्यक्त गरे । पोखरा पर्यटनका लागि मात्र नभई खेलकुदका लागि समेत उत्कृष्ट स्थलरहेकाले अबको यात्रा खेल पर्यटनको रहेको सुनाए । ‘यति ठूलो प्रतियोगिताको समापन हल्लनचोकको क्याम्पिङ चोकमा समापन गर्न लाग्नु भएको छ यसमा हामी पर्यटन व्यवसायी आभार व्यक्त गर्दर्छौ । यो इभेन्टले पोखरालाई विश्वभर चिनाउन महत्वपुर्ण भूमिका खेलेको छ’ उनले भने, ‘हामी पर्यटन व्यवसायी वा यस व्यवसायीसँग आबद्ध संघ संस्थामात्र होइन यहाँ आबद्ध नभएका संघ संस्थालाई समेत जोड्ने प्रतिबद्धता व्यक्त गर्दछौ ।’ म्याराथनलाई सफल बनाउन आर्थिक, भौतिक रुपमा सहयोग गर्न तयार रहेको उनले सुनाए । परिषदका पुर्व अध्यक्ष चिरञ्जीवी पोखरेलले म्याराथनको रुटले पर्यटकलाई थप आकर्षित गर्ने बताए । म्याराथन खेलमात्र नभई पोखराको पर्यटनलाई ब्रान्डिङ गर्ने सुनौलो अवसर रहेको उनको भनाई थियो । आफुहरुलाई आयोजकले आवश्यक सहयोग मागेर केहि काम दिए त्यो पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । होटल संघका पुर्व अध्यक्ष भरतराज पराजुलीले म्याराथनका लागि संस्थागत मात्रै नभई व्यक्तिगत सहयोग गर्ने बताए । उनले पर्यटनको लागि अफ सिजनको समयमा भएको म्याराथनले पोखराको पर्यटन व्यवसायलाई ठूलो सहयोग पुग्ने सुनाए । पोखरा उद्योग वाणिज्य संघका पर्यटन संयोजक राम कडेलले अबको पर्यटन खेल पर्यटन रहेकाले पर्यटन व्यवसायीहरुले खेलकुदलाई समेत सहयोग गर्नुपर्ने सुनाए । पोखरा पर्यटन परिषदका दितीय उपाध्यक्ष तारानाथ पहारीले म्याराथनलाई कसरी सफल बनाउने भन्नेतर्फ आफुहरु रहेको सुनाए । मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले पोखरामा खेलकुदको गतिविधि भइरहँदा पर्यटनलाई समेत ठूलो टेवा पुग्ने बताउँदै म्याराथनलाई पर्यटनसँग जोड्दै नयाँ रुटमा दौड हुने बताए । म्याराथनमा विभिन्न राष्ट्रका धावकहरुको उपस्थिति रहने भएकाले पर्यटन क्षेत्रलाई समेटेर अघि बढ्ने लक्ष्यका साथ अघि बढेको उनले सुनाए । यस्तै मञ्चका निवर्तमान अध्यक्ष तेज गुरुङले मञ्चको स्थापना, उदेश्य र म्याराथनको बारेमा प्रस्तुति दिएका थिए । गुरुङले नेपालमा धेरै म्याराथन नीजि संस्थाले गर्दै आएपनि पोखरा म्याराथन सामाजिक संस्थाले गरेका कारण यसको महत्व अझ बढी रहेको बताए । मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले एथलेटिक्स खेलहरुको मेरुदण्ड रहेको र एथलेटिक्सकै म्याराथन हरेक सहरमा सिटी म्याराथनको अवधारणा अनुरुप अघि बढेकाले आफुहरुले पनि म्याराथनको आयोजना गरेको बताए । पोखरा म्याराथनले पोखराको सन्देश दिनुपर्छ ः प्रदिप पौडेल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनीधि सभा सदस्य प्रदिप पौडेलले सफल पोखरा म्याराथन पोखराको सन्देश दिने पक्षमा रहनुपर्ने बताए । उनले पोखराको मुद्धालाई म्याराथनमार्फत सन्देश दिन उनले आग्रह गरे । २०५८ सालदेखि सुरु भएको म्याराथन आजपनी सोही अनुरुप चल्न नहुने र यसको सन्देशले विश्वलाई नै आकर्षित हुने किसिमको हुनुपर्नेमा जोड दिए । ‘यो पोखरा म्याराथन वास्तवमै उत्कृष्ट म्याराथन हो । यो म्याराथन आयोजनाका लागि मात्रै नहोस् । पोखरा म्याराथनले पोखराको मुद्धाहरुलाई लिएर सन्देशदिने किसिमको होस्’ उनले भने, ‘पोखरामा अन्तर्राष्टिय विमानस्थल बनेको छ । यहाँ अन्तर्राष्ट्रिय उडान हुन आवश्यक छ यो मुद्धा पनि उठाओस् यतिमात्र होइन पोखराले के चाहेको छ भन्ने कुरा हो । यहाँ ए क्याप छ, अन्नपूर्ण छ यहाँ पर्यटन भुल्ने क्षेत्र भनि साध्य छैन् त्यो कुरा आउनुप¥यो ।’ पोखराको मुद्धालाई म्याराथनमा समावेश गरे त्यसलाई सदनमा लैजाने जिम्मेवारी आफ्नो भएको उनले सुनाए । देशको आर्थिक विकासको आधार पर्यटन भएको र पोखरा त्यसको मुख्य कारक भएकाले यहाँ सैद्धान्तिक कुरा गरेर नभई यहाँको सम्पदाहरुको संरक्षणमा समेत विशेष जोड दिनुपर्ने उनको भनाई थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?


प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

छाचोक तीज मेला २०८३ भव्य रूपमा सम्पन्न

September 16, 2026

कल्पको गण्डकीस्तरीय मिडिया कप फुटसलको मुख्य सहयोगीमा ’सीडीएच’

August 31, 2026

May 30, 2026

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

May 27, 2026

नेपालको शानदार जित, अमेरिकामाथि ९ विकेटको दबदबा

May 16, 2026

सर्वाधिक पढिएका

समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

October 5, 2026
समाचार

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

October 5, 2026
समाचार

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

October 4, 2026
समाचार

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

October 2, 2026
समाचार

रसुवाका बाढीपहिरो प्रभावितका लागि उल्लेरी समाज कास्की, पोखरा र उल्लेरी समाज यूकेद्वारा चार लाखभन्दा बढी हस्तान्तरण

September 30, 2026
समाचार

नवौं बडा दशैं लुम्रे उत्सव–२०८३ को तयारी तीव्रः “लुम्रे गाउँ चिनारी गीत”को छायांकन मुख्य आकर्षण हुने

September 26, 2026

ताजा समाचार

पुनः हितकाजी गुरुङ तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्षमा निर्वाचित, महासचिवमा अर्जुन गुरुङ

बिरुवा खबर
October 5, 2026
0

रास्वपा बिरुवा गाउँपालिकाको सम्पर्क विभाग गठन, संयोजकमा पूर्ण वाग्ले

बिरुवा खबर
October 5, 2026
0

पोखरा–२८ मा देउवा पक्षको वडा अधिवेशन सम्पन्न, शम्भु पाण्डे सभापतिमा सर्वसम्मत

बिरुवा खबर
October 4, 2026
0

चिउली पाचे तमु समाजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख बढी सहयोग

बिरुवा खबर
October 2, 2026
0

H.G. Digital Multimedia 
Pokhara, Gandaki, Nepal
Company Registrar No: 283606/078/079
D.o.I & B. Regd: 3707-2079/80
Press Council Nepal Regd No.: 3864

  • Email: [email protected]
  • Phone: 9846227620, 9817172783
  • Company Regd. No.: 283606/078/079

Our Team

Chairman
: Hum Bahadur Gurung
Founder/Editor
: Gir Bahadur KC
Founder/Reporter
: Resham Raj Rana
Editor-in-Chief
: Til Bahadur Gurung

: Nom Raj Gurung
Sub. Editor
: Bishnu Prasad Gurung
Reporter
: Redesh Sunar


  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
  • राजनीति
  • विरुवा बिशेष
  • मनोरञ्जन
  • फोटो फिचर
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अर्थ

कुनै सामग्री उपलब्ध छैन