पोखरा/विदेश ।
क्रोएसियाको स्वेती लोव्रेच क्षेत्रमा भएको सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् भने चालक सामान्य घाइते भएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार करिब ३० वर्षीय एक नेपाली नागरिकले चलाएको गाडी अत्यधिक गतिका कारण नियन्त्रण गुमाउँदा सडकबाट बाहिरिएर ट्राफिक संकेतमा ठोक्किएको थियो। त्यसपछि गाडी पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा चालक सामान्य घाइते भएका छन् भने ३२ र ३३ वर्षका दुई जना यात्रु गम्भीर घाइते भएका छन्। घाइतेहरूको उपचार पुला अस्पतालमा भइरहेको जनाइएको छ।
प्रहरीले दुर्घटनाका कारण बनेका चालकलाई नियन्त्रणमा लिएको छ। साथै, सडक दुर्घटना गराएको अभियोगमा उनीविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
दुर्घटना गत मार्च १२ तारिख साँझ करिब ५:३५ बजे भएको थियो ।


















प्रतिक्रिया लेख्नुहोस्:-